
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ वार्षिक साधारण सभा बिहिवार माघ २७ गते गर्ने भएको छ । सभा कम्पनीको प्रधान कार्यालय कमलपोखरीमा बिहान ११ बजे गर्ने जानकारी गराएको हो ।
सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै सभाले कम्पनी एने बमोजिम आव २०७६/७७ मा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।
साथै कम्पनीले आइपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ६० लाख कित्ता आइपीओ निष्कासन गर्ने तयारीमा रहेको हो । हाल
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आइपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ । बीमा समितीले जीबन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी रू. २ अर्ब पुर्याउन निर्देशन दिएसँगै आइपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर बीमा समितीबाट स्वीकृती पाएर ,नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस