
काठमाडौं । यस वर्ष हालसम्म सूचीकृत १८ निर्जीवन बीमा कम्पनीहरुमध्य ६ कम्पनीहरुले मात्र लाभांश घोषणा गरेका छन् । आव २०७७/७८ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा वितरण गर्ने गरी प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेका हुन ।
यी मध्ये प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश साधारण सभाबाट पारीत गरिसकेको छ । प्रिमियर इन्स्योरेन्सले १४ दशमलव २५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो ।
बाँकी पाँच कम्पनीले भने साधारण सभा बोलाएका छैनन् ।
हालसम्म लाभांश सार्वजनिक गरेका ६ कम्पनीहरुमध्य नेको इन्स्योरेन्सको लाभांश सर्वाधिक रहेको छ । नेको इन्स्योरेन्सले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद सहित कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस वर्ष सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश ,एनएलजी इन्स्योरेन्स कम्पनीले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन ।
प्रतिक्रिया दिनुहोस