aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन माग

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियुले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको प्रतिनिधिमण्डलले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई एक ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनताको दैनिक जनजीवन प्रभावित भएको र मूल्य घटाउन दिनहुँ सडकमा प्रदर्शन भए पनि सरकार उदासीन भएको उल्लेख गर्दै अध्यक्ष पराजुलीले यसको दीर्घकालीन समाधानको माग गरे । अनेरास्ववियुले विद्यार्थीलाई विद्युतीय चुल्हो निःशुल्क वितरणका लागि माग गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन आग्रह गरिएको छ । इन्धनको दीर्घकालीन समस्या समाधानका लागि विद्युतीय चुल्हो उपलब्ध गराई योजनाबद्ध रूपमा काम गर्न आग्रह गरिएको छ । 

ज्ञापनपत्र बुझ्दै मन्त्री भुसालले विद्युतीय चुल्होको प्रयोगका सम्बन्धमा सरकारले योजनाबद्ध प्रयास गरिरहेको र निकट भविष्यमा नै सकारात्मक नतिजा देखिने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस