
काठमाडौं । प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३६८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव बीमा समितीबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस