aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ९५.६५ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ माघ २०७८
सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ९५.६५ प्रतिशत बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा जनरल इन्स्योरेन्सले रू. ५ करोड ८० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ९६ लाखभन्दा बढी खुद नाफा गरेको थियो । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ९५ दशमलव ६५ प्रतिशत बढी भएको हो । कम्पनीले गत वर्षभन्दा ६६ दशमलव ७३ प्रतिशत बढी रू. ९ करोड ९३ लाख आम्दानी गरेकोमा ३८ प्रतिशत बढी रू. ४ करोड १३ लाख खर्च गरेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७७ प्रतिशत बढी रू. ११ करोड १८ लाख कायम भएको छ भने बीमा कोष रकम ७० दशमलव ४२ प्रतिशत बढी रू. १२ करोड १८ लाख पुगेको छ । कम्पनीले यस वर्ष गत वर्षभन्दा ६४ दशमलव ६८ प्रतिशत बढी रू. ४६ करोड ११ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने २० दशमलव ३०) प्रतिशत बढी रू. ९ करोड ६० लाख कुल दाबी भुक्तानी गरेको छ ।

गत वर्ष ३६ हजार ५५० बीमालेख जारी गरेको कम्पनीले यस वर्ष ४५ हजार ७५२ बीमालेख जारी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ११ दशमलव ६२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२४ दशमलव ३० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस