
काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. १८ करोड ५ लाख नाफा कमाएको हो । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा १ दशमलव ४ प्रतिशत वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १७ करोड ७९ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. २२ करोड २६ लाख आम्दानी गर्न सफल भएको छ । यो आम्दानी गत आवको दोस्रो त्रैमासको तुलनामा ६ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २० करोड ९२ लाख आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ भने जगेडामा रू. १ अर्ब र जीवन बीमा कोषमा रू. ३ अर्ब ६१ करोड सञ्चित गरेको छ ।
चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. २ अर्ब ५ करोड बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ५२ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ३४ करोड कुल बीमाशुल्क आर्जन गरेको थियो ।
त्यसैगरी कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा ७ हजार १ सय जनालाई रू. ५८ करोड ४८ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ७९ (वार्षिक) र प्रतिशेयर नेटवर्थ रू. १७८ दशमलव ८५ रहेको छ ।
प्रतिक्रिया दिनुहोस