aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा हालसम्मकै सर्वाधिक आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ माघ २०७८
जाल्पा सामुदायिक लघुवित्तको आईपिओमा हालसम्मकै सर्वाधिक आवेदन

काठमाडौं । माघ २१ गतेबाट निष्काशन भएको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक निष्काशनमा आज अन्तिम दिन मागभन्दा ६७.८६ गुणा बढी आवेदन परेको छ । प्राप्त आवेदनको हिसाबले यो निष्काशनमा अहिले सम्मकै सर्वाधिक आवेदन प्राप्त भएको हो ।

निष्काशन गरिएको ५ लाख २२ हजार साधारण कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ०.५ प्रतिशत छुट्याई बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो । 

निष्काशनको अन्तिम तथा चौथो दिन अपरान्ह ५ बजेसम्म २७ लाख ०६ हजार ७ सय ६७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ करोड ३१ लाख १३ हजार ३ सय कित्ता शेयरका लागि ३ अर्ब ३१ करोड १३ लाख ३० हजार रकमको आवेदन परेको छ । 

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ५ हजार २ सय २० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियो । 
 

प्रतिक्रिया दिनुहोस