aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

इमर्जिङ्ग नेपालको आइपीओ आजदेखि विक्री खुला, कस्तो छ कम्पनी ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
इमर्जिङ्ग नेपालको आइपीओ आजदेखि विक्री खुला, कस्तो छ कम्पनी ?

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर  १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउने भएको हो । यो  आईपीओ फागुन १ गतेसम्म विक्रीमा रहनेछ ।  

उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने माघ ११ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी  ५० करोड ४० हजार रुपैयाँ रहेको छ ।

आईपीओ पश्चात यो पूँजी  ५५ करोड ५६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीमा हाल संस्थापक तर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७र७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ  १०५ दशमलव ११ रुपैयाँ रहेको छ । यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ । 

नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले  १०५ दशमलव ११ रुपैयाँ देखि  ३१५ दशमलव ३३ रुपैयाँसम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । आर्थिक वर्ष ०७७र७८ सम्म कम्पनीको सञ्चित नाफा २ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ । चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा  ३ करोड ५३ लाख रुपैयाँभन्दा बढी पु¥याउने प्रक्षेपण गरेको छ । 

प्रतिक्रिया दिनुहोस