काठमाडौं । युनाइटेड ट्रेडर्स सिन्डिकेट टोयोटाको नेपालका लागि आधिकारीक वितरकले नेपालमा पनि टोयोटाको नयाँ उत्पादन राइज सार्वजनिक गरेको छ । टोयोटाको एसयुभी मोडलको राइज सार्वजनिक भएको हो ।
भेहिकल सेल्सका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठले टोयोटाको कम्प्याक्ट एसयुभी सेगमेन्टको बढ्दो मागसँग टोयोटाले राइज गाडी सार्वजनिक गरेको बताए । ‘नेपाली बजारमा जिप मोडलको गाडीको डिमाण्ड धेरै रहेको छ । जसले गर्दा यो गाडी नेपालका लागि उत्तम मानिन्छ’ उनले भने, ‘राइज एक पावरफुल र धेरै सुविधाजनक विशेषताहरु भएको प्यासेन्जर भेहिकल हो । टोयोटा राइज टोयोटाको किउडिआर(क्वालिटी, डिउरा विलिटी र रिलाइविलिटी)को प्रतिविम्ब नै हो ।’
राइज गाडी इन्डोनेशियाको प्रोडक्ट हो । यो गाडी नेपालमा डिसेम्बर १० मा मात्रै भित्रिएको हो । राइज सानो भएता पनि २०० एमएम ग्राउण्ड क्लियेरेन्स, ४।९ लिटरको टर्निङ रेसियो, ३६९ लिटरको बुट स्पेस र फराकिलो सिटिङले कारलाई सुविधा सम्पन्न बनाएको कम्पनीको भनाई छ ।
राइजमा १७ विभिन्न खालका स्टोरेज स्पेशहरु समेत रहेका छन् । एण्ड्रोयइडका ७ इन्चको डिस्प्ले र एप्पल कारप्ले इन्टरनेट सुविधा रहेको छ । यो गाडी ८ कलरमा उपलब्ध रहेको छन । त्यसमध्ये पनि ग्राहकहरुले सेतो, सिल्भर र ग्रे कलर बढी रुचाएका छन् । नेपालमा राइज चार वटा भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

श्रेष्ठले भने, ‘टोयोटा गाडीमा धेरै झकिझकाउ फिचरहरु हुँदैनन । जुन सेफ्टी फिचर्स र आफूलाई चाहिने फिचर्सहरु मात्रै उपलब्ध हुन्छन् । यस गाडीमा बजारमा माग भए अनुसारको नै फिचर्सहरु उपलब्ध छन् । एलइडी सिस्टमको लाइटहरुदेखि अगाडी पछाडि सेन्सर, क्यामेरा स्क्रिन टच लगायत फिचर्सहरु उपलब्ध छन् ।’
उनका अनुसार लगभग सबै गाडीहरुमा उस्तै उस्तै फिचर्सहरु हुने गर्छन । त्यसमध्ये पनि टोयोटा गाडीहरु बलियो भरपर्दो र पावरहरुको लागि एकदमै राम्रो हुन्छन् । उकालोमा राकेर ह्याण्ड ब्रेक तानेर अगाडी बढाउनु पर्ने छैन । यो गाडी अटोमेटिक नै होल्ड हुन्छ । जुन अरु गाडीमा छैन । सानो कार चढिरहेकाहरुलाई अब जिप चढ्छु भन्ने सोच बनाउनु भएको छ भने राइज गाडी एकदमै राम्रौ हुनसक्छ ।
राइज गाडी अहिले नेपालमा १२ सय सिसिमा उपलब्ध रहेको छ । जुन अटो गियर र म्यानुअल गियर दुबैमा हुन्छ । त्यस्तै अर्को १२ सय सिसिमा पनि आउँछ । तर, यो महँगो पर्न जाने भएकोले नेपालमा ल्याइएको छैन । यो टर्बो सिस्टममा उपलब्ध हुन्छ ।
उनले धेरै जसो टेस्ट ड्राइभ गरिसकेपछि ग्राहकहरुले यो गाडी मन पराएको बताएका छन । ‘हेर्दा सानो र चिटिक्क राम्रो छ भन्ने प्रतिक्रिया आएको छ । त्यसमध्ये पनि पावरको लागि एकदमै राम्रो छ भन्ने ग्राहकहरुको प्रतिक्रिया रहेको छ’ उनले भने, ‘राइज गाडी एक पटक टेस्ट गर्न म सबैलाई आग्रह गर्दछु । टेस्ट ड्राइभ अनुसार फिडब्याक दिए धेरै राम्रो हुन्थ्यो ।’
१.२ लिटर म्यानुअल र अटोमेटिक तथा १ लिटर टर्बो म्यानुअल र अटोमेटिक रहेका छन् । म्यानुअल गियर भएको गाडीको मूल्य कम्तीमा ६६ लाख रहेको छ भने अटो गियर भएको राइज गाडीको मूल्य ७२ लाख रहेको उनको भनाई छ । यस गाडीको फाइनान्सका लागि स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट उपलब्ध रहेको छ । जसका लागि ब्याजदर ८ देखि ९ प्रतिशतसम्म पर्न जान्छ ।
नेपाली बजारमा वर्षमा सय वटा राइज गाडी बिक्री गर्ने कम्पनीको लक्ष्य रहेको छ । हालसम्म जति आएका गाडी छन् ती सबै ब्रिकी भइसकेका उनले बताए । नेपालमा इलेक्ट्रोनिक्स(इभी) गाडीको धेरै माग रहेको छ । सस्तोमा राम्रो गाडी पाउने भएकोले पनि यसको क्रेज बढेको हुनसक्छ । यसले गर्दा टोयोटाको पनि २०२३ मा इभी गाडी आउँदैछ । ‘इभि गाडीको मार्केट राम्रो छ । म हाम्रा ग्राहकहरुलाई एक वर्ष कुर्न आग्रह गर्छु’, उनले भने, ‘त्यसमध्ये पनि हाम्रो हाईब्रेक गाडीहरु पनि आएका छन् । जुन भरपर्दो रहेको छ । इलेक्ट्रिकसंगै ब्याट्री पनि उपलब्ध छन् ।’
प्रतिक्रिया दिनुहोस