aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

खाद्य कम्पनीले एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
खाद्य कम्पनीले एक लाख ६२ हजार क्विन्टल चामल खरिद गर्ने

काठमडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल खरिद गर्नका लागि टेन्डर आह्वान गरेको छ । कम्पनीले एक लाख ६२ हजार ५ सय क्विन्टल चामल खरिद गर्नका लागि टेन्डर आह्वान गरेको हो ।  

चालू आर्थिक वर्षमा ३ लाख २० हजार क्विन्टल धान खरिद गर्ने कम्पनीको लक्ष्य रहेको थियो । तर, हालसम्म कम्पनीले विभिन्न जिल्लामा ७ हजार ४ सय ४२ क्विन्टल धान खरिद गरेको छ । लक्ष्यअनुसार धान खरिद गर्न नपाएपछि चामल खरिद गर्न लागेको कम्पनीले जनाएको छ ।  


 

प्रतिक्रिया दिनुहोस