aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

मध्यभोटेकोशी दास्रो त्रैमाससम्म ७७ लाखभन्दा बढी खुद नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २६ माघ २०७८
मध्यभोटेकोशी दास्रो त्रैमाससम्म ७७ लाखभन्दा बढी खुद नोक्सानीमा

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासम्म मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले रू. ७७ लाभन्दा बढी खुद नोक्सानी व्यहोरेको छ । हाल १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत आयोजना निर्माण भैरहेको अवस्थामा कम्पनी रू. २ करोड ७६ लाखभन्दा बढी सञ्चालन घाटामा रहेको छ । 

यस वर्ष कम्पनीको सञ्चालन घाटा बढेको छ भने खुद नोक्सानी रकममा कमि आएको छ । सञ्चालन घाटा बढेपनि कम्पनीको वित्तीय आम्दानी यस वर्ष ३५० दशमलव ५२ प्रतिशत बढी भएकाले खुद नोक्सानी रकम ६२ दशमलव १९ प्रतिशत कम भएको हो । गत वर्ष रू. ४४ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १ करोड ९९ लाखभन्दा बढी यो आम्दानी गरेको हो । यसै वर्ष सर्वसाधारणमा आईपीओ जारी गरेको कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुगेको छ । 

दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रू. २८ करोड ५ लाखभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीको दिर्घकालिन कर्जा तथा दायित्व रकम गत वर्षभन्दा २४ दशमलव ७४ प्रतिशत बृद्धि भई रू. ६ अर्ब ५५ करोड ६६ लाख पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ९५ दशमलव ३२ छ ।
 

प्रतिक्रिया दिनुहोस