
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङसको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ग्राहकको घर दैलोमै गाडी मर्मतको लागि वर्कसप अन ह्वील शुरु गरेको छ । स्मार्ट वो वर्कसपको नयाँ पहलले सुजुकी ग्राहकले आफनो घर दैलोमै आफ्नो सवारी मर्मत गराउन सक्ने सोव शुरु गरेको हो ।
कम्पनीको अनुसार वर्कसप अन ह्वीलमा सबै आधुनिक प्रविधि र उपकरणहरू राखिएका छन् जसले सामान्य सर्भिस, मर्मत, तथा अरु गाडी सम्बन्धि कार्यहरु गर्ने कम्पनीले जनाएको छ ।
सुजुकीको अफ्टर सेल्स तथा पार्ट्सका महाप्रबन्ध कश्याम श्रेष्ठ अनुसार ,“ यो नयाँ पहल हाम्रो ग्राहक माझमा ल्याउन पाउदा हाम ीहर्षित छौ । यो चार पांग्रे सवारीमा निर्मित एउटा आधुनिक वर्कसप हो जसले ग्राहकको सबै सर्भिस सम्बन्धि कार्य गर्नेछ । यो सुबिधाले आपतकालिन सडक सहायता गर्नुको साथै ग्राहकको सुविधाजनक स्थानमा पुगी सेवा दिनेछ ।’’
यो सेवा हाल काठमाडौं, पोखरा, भैरहवा र चितवनको नारायणघाटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । भने अब चाडै नेपालका सम्पूर्ण प्रमुख सहरमा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस