
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण बुधवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू.२ करोड ४७ लाख नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ५८ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ५६ लाख नाफा कमाएको थियो ।
चालू आवको दोस्रो त्रैमासमा कम्पनीको विद्युत विक्री आम्दानी भने ६ प्रतिशत घटेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा विद्युत विक्री बापत रू.१५ करोड ६२ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू. १४ करोड ६८ लाखमा झरेको हो ।
कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १५ करोड रहेको छ भने जगेडामा रू. १० करोड १८ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी रू. २ दशलमव १५,तरलता अनुपात १ दशलमव ७८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १०८ दशलमव ८६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस