
काठमाडौं । केही दिन अघि नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले बन तथा वातावरण मन्त्री राम सहायप्रसाद यादवसंग भेटघाट गरेको छ । मन्त्रालयले ल्याउन लागेको नेपाल सवारी प्रदुषण मापदण्ड वि. यस ६ को कार्यान्वयनका सम्बन्धमा छलफल गरेको नाडाले जनाएको छ ।
सो छलफलमा अध्यक्ष थापाले सरकारको सम्पूण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडाले सकारात्मक रुपमा लिएको जनाए । उनले यसको समग्र पूर्वाधार तयारीका लागि चरणबद्ध रुपमा लागु गर्दे जानु पर्ने भएकोले अहिले त्यसका लागि देशमा आवश्यक पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ती पनि तयार नभइ सकेको सन्दर्भमा यसलाई चरणवद्ध रुपमा लागु गर्ने व्यवस्थाका लागि अनुरोध गरे ।
भेटघाटलाई निरन्तरता दिने क्रममा उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसंग पनि भेटघाट गरेका छन् । प्रतिनिधिहरुले चालुपुंजी कर्जा मार्गदर्शन २०७८ को मस्यौदाका सम्बन्धमा छलफल गर्दे तत्सम्बन्धमा पत्र समेत बुझाएको थिए ।
उक्त भेटघाटमा उपाध्यक्ष श्रेष्ठले बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने व्यवस्थाका लागि अनुरोध गरे । त्यसैगरी हालै नेपाल राष्ट्र बैङ्कले जारी गरेको निर्देशिकामा सवारी साधनहरु आयातका लागि एलसी खोल्दा न्युनतम मार्जिनको सीमा १० प्रतिशतबाट बृद्धि गरेर ५० प्रतिशत पु¥याएको सन्दर्भमा यस्तो व्यवस्थाले सवारी साधनहरुको सहज आपूर्ति व्यवस्थामा समस्या हुनुका साथै त्यसले सवारी साधनहरुको मूल्य समेत बढनगई उपभोक्ताहरुलाई समेत असर पर्ने भएकोले पूर्व व्यवस्था अनुसारको न्युनतम मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थालाई निरन्तरता दिन अनुरोध गरे ।
नाडाले आफना सम्बद्ध मन्त्रालय तथा विभागसंगको भेटघाट तथा छलफललाई अघि बढाउने क्रममो भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटासंग भेटी भन्सार मूल्याङ्कन, भन्सार प्रक्रियाका सन्दर्भमा देखिएका समस्याहरु लगायत ७० औ विश्व भन्सार दिवसलाई कसरी प्रभावकारी रुपमा अघि बढाउने भन्ने विषयमा समेत छलफल गरेकोे जनाएको छ । यसै क्रममा नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसंग भेटी कर सम्बन्धी तालिम सम्पन्न गर्ने, विक्रिको विलिङ्ग पनि एचएस कोड मै गरिनु पर्ने लगायतका विभिन्न विषयहरुमा छलफल भएको नाडाले जनाएको छ ।
नाडाले यसै माघ महिना देखि आफना सम्बद्ध मन्त्रालय तथा विभागसंगको भेटघाट तथा छलफललाई तिब्रता दिदै आएको जनाएको छ । यसै क्रममा नाडा प्रतिनिधि मण्डलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसंग भेटी एजेन्सी, फर्म दर्ता एवं नविकरण लगायत आधिकारिक विक्रेताले मात्र अटोमोवाइल बस्तुहरु आयात गर्न पाउने व्यवस्था बारे छलफल गर्दे सो सम्बन्धमा पत्र समेत बुझाएको नाडाले जनाएको छ । भेटघाटलाई निरन्तरता दिने क्रममा नाडा प्रतिनिधि मण्डलले उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीसंग भेटी नेपालमा सवारी साधनको ऐसेम्बली प्लाण्टको स्थापना, त्यसको प्रक्रिया र व्याख्या बारे धेरै अन्यौलता भएकोले त्यसमा स्पष्टताको लागि नाडाले अनुरोध समेत गरेको जनाएको छ ।
यसै क्रममा नाडा प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान विभागका महानिर्देश प्रकाश पौडेलसंग भेटी नेपालमा स्वच्छ व्यवसायलाई प्रेणित गर्न एक आपसमा सहकार्य गर्ने, व्यवसायीहरुलाई परेको समस्याहरुको बारेमा सहजीकरण गर्ने लगायत नाडाको पहलमा निकट भविष्यमा हुन भीसीटीएस सम्बन्धी तालिम कार्यक्रमका लागि विभागले सहयोग गर्ने इत्यादि विषयमा छलफल भएको नाडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस