aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विदेशमा नेपाली कामदारको माग बढ्यो, एक महिनामै ५३ हजारले लिए स्विकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ माघ २०७८
विदेशमा नेपाली कामदारको माग बढ्यो, एक महिनामै ५३ हजारले लिए स्विकृति

काठमाडौं । एक महिनामा ५३ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जनाका लागि पहिलो स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको पुस महिनामा ५३ हजार ७१५ जनाले पहिलो स्वीकृति लिएका हुन् । 

विभागका अनुसार ४४ हजार ८०५ जना पुरुष र ८ हजार ९१० जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो स्वीकृति लिएका हुन् । पहिलो  स्वीकृृति लिएकामध्ये विभिन्न मेनपावरबाट बहराइन जानका लागि १ हजार ४५६ जनाले  रहेका छन् । बहराइन गएकाहरुमा ग्रेस ओभरसिज प्रालिबाट २४५ जना, साउण्डलाइनस रिक्रियुमेन्ट प्रालिबाट १२० जना, नाइस रिक्रियुटङ एजेन्सीबाट १०० जना, युनाएटेड इन्टरनेशनल मेनपावरबाट ६० जना पुरुष र १९ महिला गरी ७९ जना आदि रहेका छन् । 

यस्तै, साइप्रस जानेहरुको संख्या ३८० रहेको छ । भने वैदेशिक रोजगार विभागबाट पहिलो स्वीकृति लिइ इजराइल जानेहरु ३ सय पुरुष र ७ सय महिला गरी १ हजार रहेका छन् । पहिलो स्वीकृति जापान जान पहिलो  स्वीकृति लिनेहरुको संख्या ३९, जोर्डनका लागि ११ सय रहेका छन् । जोर्डन जान पहिलो स्वीकृति लिनेहरुमा सबैभन्दा धेरै मिमोसा ओभरसिज प्रालिबाट सय जना रहेका छन् भने सबैभन्दा धेरै ४१ हजार १६७ जना साउदी अरेबिया जान पहिलो स्वीकृति लिएको तथ्याङकमा उल्लेख छ । 

विभागका अनुसार कुवेत जना श्रम स्वीकृति लिएकामध्ये भ्रिन्डिट सर्भिस प्रालिबाट चार सय जना, मोकिरा ओभरसिज प्रालिबाट २३५ जना, होप इन्टरनेशनल प्रालिबाट दुई सय जना, अर्थ स्मार्ट हुम्यान रिसोर्च नेपाल प्रालिबाट तीन सय जना रहेका छन् ।  

त्यसैगरी ग्रेस ओभरसिज प्रालिबाट मोरीसस जान २० जना, ओमान जान १ हजार ८०६ जना ओमान जानका लागि कस्तुरी इन्टरनेशनल प्रालिबाट तीन सय, मदरल्यान्ड ओभरसिज प्रालिबाट तीन सय र नौक्रि नेपाल रिक्रियुमेन्ट सर्भिसेज प्रालिबाट तीन सय रहेका छन् भने बाँकी अन्य मेनपावर कम्पनीहरुबाट जाने भएका छन् ।  

कतारका लागि पहिलो स्वीकृति लिनेहरुको संख्या सात हजार २७३ जना रहेको छ भने रोमानिया जनाका लागि पहिलो स्वीकृति लिनेहरुको संख्या ४८० जना, युएइ जान पहिलो स्वीकृति लिएकाहरु १६ हजार ७५७ जना र साउदी अरेबिया जानका लागि पहिलो स्वीकृति लिएकाहरु ४१ हजार १६७ जना रहेको विभागको तथ्याङकमा उल्लेख छ । 

त्यस्तै वैदेशिक रोजगारीका लागि पहिलो स्वीकृति लिएकाहरु ३३ हजार १९३ जना रहेका छन् जसमा पुरुष ३० हजार ७९८ जना र महिला २ हजार ३९५ जनाले पहिलो स्वीकृति लिएका हुन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिपनभएका कामदारहरुको संख्या ६६ हजार ६२५ रहेको छ जसमा ६२ हजार २७३ जना पुरुष र ४ हजार ३५२ जना महिला रहेका छन् । 

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या २६, पेशागत कामदारको संख्या १०९, अर्धदक्ष कामदारको संख्या ६ हजार ९०९ सिपयुक्त कामदारको संख्या २५ हजार ५९१ र सिप नभएका कामदारहरुको संख्या ३४ हजार रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस