
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा रहेको बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि साधारण शेयर (आईपीओ) बिक्री खुल्ला गरेको छ ।कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं २,३ र ४ ९साविकको गोल्चे गा.वि.स, गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स का लागि १० लाख ९६ हजार ७८२ कित्ताका लागि आइपीओ जारी गरेको छ ।
त्यस्तै, आयोजनाको १३२ के.भि प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न। ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो ।
३६ मेगावाट क्षमताको अपर बलेफी जलविद्युत् आयोजना सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित निर्माण भएको छ । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस