aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ माघ २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष ०७७/७८ को लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २६ गते बुधवारको सञ्चालन समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १९ करोड ८८ लाख ९० हजारको आधारमा कुल रू. ११ करोड ९८ लाख ८९ हजार बराबरको लाभांश वितरण गर्ने तयारी गरेको हो । 

कुल लाभांश मध्य ९ दशमलव ५२ प्रतिशत बोनस शेयरका लागि रू. ११ करोड ४१ लाख ८० हजार र शून्य दशमलव ४८ प्रतिशत कर प्रयोजनका लागि रू. ५७ लाख ९ हजार बराबरको रकम वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । प्रस्तावित यो लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस