aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

यस वर्ष पञ्चकन्यामाई हाइड्रोपावर ७ करोड ६६ लाखभन्दा बढी नाफामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ माघ २०७८
यस वर्ष पञ्चकन्यामाई हाइड्रोपावर ७ करोड ६६ लाखभन्दा बढी नाफामा

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले रू. ७ करोड ६६ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. २ करोड ८२ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष भने खुद नाफा गर्न सफल भएको हो । 

यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी ४३ दशमलव ५२ प्रतिशत बृद्धि भएको र कुल व्यवस्थापकिय तथा अन्य खर्च कम भएकाले खुद नोक्सानीमा सुधार आएको हो । गत वर्ष रू. १७ करोड ३ लाखभन्दा बढी विद्युत विक्री गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ४४ लाखभन्दा बढी विक्री गरेको छ । कम्पनीले गत वर्ष यस अवधिमा व्यवस्थापकिय तथा अन्य शिर्षकमा रू. १८ करोड ७० लाखभन्दा बढी खर्च गरेकोमा यस वर्ष रू. १५ करोड ५५ लाखभन्दा बढी मात्र यो खर्च गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १२ करोड १५ लाख ऋणात्मक छ । कम्पनीको कुल दायित्व रकम गत वर्षभन्दा २ दशमलव २६ प्रतिशत बढी रू. ३ अर्ब १५ करोड १९ लाख छ । कम्पनीको प्रतिशेयर आम्दानी दोस्रो त्रैमाससम्म रू. ६ दशमलव ९७ र प्रतिशेयर नेटवर्थ रू. ८८ दशमलव ९५ छ ।
 

प्रतिक्रिया दिनुहोस