aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रिलायन्स लाईफको खुद नाफा ३१.३२ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ माघ २०७८
रिलायन्स लाईफको खुद नाफा ३१.३२ प्रतिशत बढ्यो

काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ७ करोड ६० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३१ दशमलव ३२ प्रतिशत बढी भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको आम्दानी २७ दशमलव ९९ प्रतिशत बढी र खर्च २१ दशमलव ९९ प्रतिशत बढी भएको छ । कम्पनीले रू. ११ करोड ५२ लाखभन्दा बढी आम्दानी गरेको हो भने रू. ३ करोड ९२ लाखभन्दा बढी खर्च गरेको छ । कम्पनीले गत वर्षभन्दा यस वर्ष २४ दशमलव ८३ प्रतिशत बढी रू. १ अर्ब ४४ करोड कुल बीमाशुल्क आर्जन गरेको छ भने १५६ दशमलव २३ प्रतिशत बढी रू. ३७ करोड २४ लाख कुल दाबी भुक्तानी गरेको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड रहेको छ भने जगेडा कोष रकम रू. १८ करोड १७ लाखभन्दा बढी छ । कम्पनीको जीवन बीमा कोष रकम भने रू. ३ अर्ब ३६ करोडभन्दा बढी छ । जगेडा कोष रकम गत वर्षभन्दा ८ दशमलव ४६ प्रतिशत कम भएको हो भने जगेडा कोष रकम ८७ दशमलव २७ प्रतिशत बढेको हो । वार्षिक प्रतिशेयर आम्दानी रू. ७ दशमलव २४ र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव २० रहेको छ ।

प्रतिक्रिया दिनुहोस