
काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले चालू आर्थिक वर्षको ६ महिनामा रू. ४५ करोड ३६ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा रू. ४२ करोड ८३ लाखभन्दा बढी थियो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ५ दशमलव ९१ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीले वित्तीय आम्दानी रू. ६९ करोड ४७ लाखभन्दा बढी गरेको छ । गत वर्ष यो आम्दानी रू. ६७ करोड ९० लाखभन्दा बढी थियो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १८ अर्ब ७० करोड रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ७९ दशमलव ७७ प्रतिशत बढी रू. २ अर्ब ७१ करोड ३८ लाख पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १०६ दशमलव ०३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस