aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चालू आवको छ महिनामा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कमायो ७ करोड ७ लाख नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ माघ २०७८
चालू आवको छ महिनामा प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कमायो ७ करोड ७ लाख नाफा

काठमाडौं । प्रडेन्सियल इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको छ महिना(दोस्रो त्रैमास) मा रू. ७ करोड ७ लाख नाफा कमाएको छ । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ७ करोड ३५ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा ३ प्रतिशतले कमि आएको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १२ करोड ५९ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर रू.१२ करोड २५ लाख म ाझरेको छ । त्यसैगरी कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब १० करोड रहेको छ भने जगेडामा रू. ३० करोड २० लाख र बीमा कोषमा रू. ५७ करोड २३ लाख सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. ६७ करोड ९ लाख बीमा शुल्क आर्जन गरेको छ ।

यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ३ प्रतिशतले वृद्धि भएको हो । गत आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले कुल रू. ६५ करोड १० लाख बीमाशुल्क आर्जन गरेको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले ३ हजार २३३ जनालाई रू. ३२ करोड ८६ लाख दाबी भुक्तानी गरेको छ भने २ हजार ५७० जनालाई रू. ४७ करोड १४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको छ । त्यसैगरी कम्पनीले चालू आवको दास्रो त्रैमाससम्ममा प्रतिशेयर आम्दानी रू. १२ दशमलव ७७,मूल्य आम्दानी अनुपात ५८ दशमलव ३३ गुणा र प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव ६८ रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस