aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

सीमित समूहको हातमा छ, डिबेञ्चर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ साउन २०७६
सीमित समूहको हातमा छ, डिबेञ्चर

धितोपत्र बजारको एउटा प्रमुख बजारको रुपमा चिनिने डिबेञ्चर मार्केट्सले वगत दुई दशकभन्दा बढीमा अझै पनि गति लिन सकेको छैन । वित्तीय प्रणालीको अस्थिर ब्याजदर तथा सीमित व्यक्ति वा संस्थाको मात्र सहभागिता रहने भएकाले पनि डेब्ट मार्केट शून्य अवस्थामा रहेको हो ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालन गर्दै आएका डेब्ट मार्केटमा वार्षिक एक दर्जन कारोबार पनि हुन नसकको अवस्था छ । पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्दा नेप्सेमा डिबेञ्चरको १६ वटामात्र कारोबार भएका छन् ।

गत आर्थिक वर्षको तीन वटा कारोबार भएकोमा अघिल्लो आर्थिक वर्षमा पनि तीनवटा मात्र डिबेञ्चर कारोबार भएको छ । आर्थिक वर्ष २०७१÷७२ मा डिबेञ्चरको एउटामात्र कारोबार भएको छ ।


धितोपत्र बजारमा ऋणपत्रको कारोबार गर्ने संस्कारको विकास नभएकाले पनि न्यून कारोबार हुने गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । यो खबर आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस