aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

६ महिनामा अपि पावरले कमायो १४ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ माघ २०७८
६ महिनामा अपि पावरले कमायो १४ करोडभन्दा बढी नाफा

 काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ६ महिनासम्म रू. १४ करोड ३० लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको नाफा न्यून अर्थात शून्य दशमलव ११ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. १४ करोड ३२ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको आम्दानी ४ दशमलव ५८ प्रतिशत बढेको छ भने खर्च २१ दशमलव ४९ प्रतिशत बढी भएको छ । कम्पनीले ६ महिनामा रू. ३१ करोड ७६ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. २ करोड ८६ लाखभन्दा बढी खर्च गरेको हो । पूँजी बृद्धि अभियानमा रहेको यस कम्पनीले हकप्रद र बोनस शेयर मार्फत पूँजी बढाएर रू. २ अर्ब ७५ करोड ८९ लाख १५ हजार पु¥याएको छ । 

आयोजना निर्माणको लागि आवश्यक रकम जुटाउन अपि पावरले फेरी १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासनको तयारी गरेको हो । अपिले १ बराबर शून्य दशमलव ३९३६ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा गत असोज २५ गते निवेदन दिएको छ । पुस मसान्तसम्म कम्पनीको जगेडा कोष रकम गत वर्षभन्दा २१ दशमलव ८० प्रतिशत कम रू. २३ करोड २३ लाखमा सिमित भएको छ । 

यस वर्ष १६३ दशमलव ३९ प्रतिशत बढी रू. २४ करोड ८२ लाख लगानी गरेको कम्पनीको दिर्घकालिन कर्जा ११९ दमलव २९ प्रतिशत बढी रू. ३ अर्ब ७३ करोड ६६ लाख पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १० दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. १०८ दशमलव ४२ छ ।

प्रतिक्रिया दिनुहोस