aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेको इन्स्योरेन्स लिमिटेडले कमायो १५ करोड २ लाख खुद नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ माघ २०७८
नेको इन्स्योरेन्स लिमिटेडले कमायो १५ करोड २ लाख खुद नाफा

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेको इन्स्योरेन्स लिमिटेडले रू. १५ करोड २ लाख खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा ४३ दशमलव ११ प्रतिशत घटेको हो । 

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २६ करोड ४० लाख खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी ४० दशमलव ७७ प्रतिशत कम भएकाले खुद नाफामा कमि आएको हो । गत वर्ष रू. ४३ करोड आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २५ करोड ४७ लाख मात्र आम्दानी गरेको हो । खर्च रकम पनि गत वर्षभन्दा ३७ प्रतिशत घटेको छ । कम्पनीले गत वर्ष रू. १६ करोड ६० लाख खर्च गरेकोमा यस वर्ष रू. १० करोड ४५ लाख मात्र खर्च गरेको छ ।

१५ दशमलव ५० प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी रू. १ अर्ब ५२ करोड १६ लाख कायम गरेको कम्पनीले यस वर्ष १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस वर्ष कम्पनीको जगेडा कोष रकम १६ दशमलव ७३ प्रतिशत कम रू. ५३ करोड ५६ लाख कायम भएको छ । बीमा कोष रकम भने २१ दशमलव ८९ प्रतिशत बढेर रू. १ अर्ब १७ करोड ४५ लाख पुगेको छ । 

कम्पनीले गत वर्षभन्दा यस वर्ष १६ दशमलव १९ प्रतिशत बढी रू. १ अर्ब ५८ करोड ५७ लाख कुल बीमाशुल्क आर्जन गरेको छ भने ३३ दशमलव ७१ प्रतिशत बढी रू. ५९ करोड ६ लाख कुल दाबी भुक्तानी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १९ दशमलव ७५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. २१७ दशमलव ४० रहेको छ ।

प्रतिक्रिया दिनुहोस