
काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले रू. १० करोड २९ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा ३३ दशमलव १५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. १५ करोड ३९ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको आम्दानी १६ दशमलव ४७ प्रतिशत कम रू. १० करोड २७ लाख भएको हो । गत वर्ष यस अवधिमा यो आम्दानी रकम रू. १२ करोड २९ लाख रहेको थियो । खर्च भने यस वर्ष २५ दशमलव ७८ प्रतिशत कम भएको छ । गत वर्ष रू. १० करोड ३९ लाखभन्दा बढी खर्च गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ७१ लाखभन्दा बढी मात्र भएको हो ।
१७ दशमलव ७० प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बृद्धि गरी रू. १ खर्ब २० करोड ६० लाख १३ हजार पु¥याएको छ । जगेडा कोष रकम गत वर्षभन्दा १५ दशमलव ०४ प्रतिशत कम रू. ३६ करोड ५९ लाख कायम भएको छ । बीमा कोष रकम यस वर्ष १० दशमलव ६० प्रतिशत बढी रू. १ अर्ब ७ करोड ६४ लाख पुगेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले रू. १ अर्ब २० करोडभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ भने रू. ६८ करोड ४ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ ।
गत वर्षभन्दा यस वर्ष कम्पनीले ८ दशमलव ४४ प्रतिशत बढी कुल बीमाशुल्क आर्जन गरेको हो भने १६ दशमलव ८७ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको हो । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ०७ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू. २२३ दशमलव ८६ छ ।
प्रतिक्रिया दिनुहोस