aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चालू आवको छ महिनामा युनाइटेड इन्स्योरेन्सको नाफा ११८ प्रतिशत बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०१ फागुन २०७८
चालू आवको छ महिनामा युनाइटेड इन्स्योरेन्सको नाफा ११८ प्रतिशत बढ्यो

फागुन १, काठमाडौं । युनाइेटड इन्स्योरेन्स कम्पनीले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ११८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २ करोड ७४ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ६ करोड पुगेको हो ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड २६ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. १० करोड ९८ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब २ लाख रहेको छ भने जगेडामा रू. १५ करोड ८० लाख र बीमा कोषमा रू. ३८ करोड ४ लाख सञ्चित गरेको छ ।

कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ८८ करोड २१ लाख बीमाशुल्क आर्जन गरेको छ । यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ५२ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ५७ करोड ६८ लाख बीमाशुल्क आर्जन गरेको थियो । चालू आवको दोृस्रो त्रैमाससम्ममा कम्पनीको प्रूतिशेयर आम्दानी रू. ५ दशमलव ८४,मूल्य आम्दानी अनुपात१२४ दशमलव ६६ गुणा र प्रतिशेयर नेटवर्थ रू. १५२ दशमलव ६६ रहेको छ । 

प्रतिक्रिया दिनुहोस