
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको छ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन प्रक्रिया शुरु गरेको हो । उक्त आइपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।
सोमवार एक कार्यक्रम बिच विक्री प्रबन्धक सम्झौतामा कम्पनीका सिईओ रमेश कुमार भट्राई र क्यापिटलको तर्फबाट भिष्मराज चालिसेले हस्ताक्षर गरेका हुन । कम्पनीले हालसम्ममा ६३ वटा शाखा उपशाखाहरुबाट बीमासेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।
आईपीओ निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब पुग्नेछ । अव कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक नियामक निकाय नेपाल धितोपत्रबोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आइपीओ निष्कासन गर्नेछ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ५ करोड ३० लाख नाफा कमाएको हो भने कुल रू. ६९ करोड ८५ लाख कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस