aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

६ महिनामा निर्जीवन बीमा कम्पनीले कमाए करिब २ अर्ब नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ फागुन २०७८
६ महिनामा निर्जीवन बीमा कम्पनीले कमाए करिब २ अर्ब नाफा

काठमाडौं । धितोपत्र दोस्रो बजारमा सूचिकृत १८ निर्जीवन बीमा कम्पनीहरुले चालू आवको दोस्रो त्रैमाससम्ममा कुल १ अर्ब ९८ करोड रुपैयाँ नाफा गरेका छन् । यी कम्पनीहरुको यस वर्षको नाफा गत वर्षको भन्दा ४ दशमलव ४४ प्रतिशत कम भएका हो । गत आवको दोस्रो त्रैमाससम्ममा यी कम्पनीहरुले २ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका थिए । 

यस वर्ष शिखर इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाएको छ । कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा २४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको हो । गत आवको दोृस्रो त्रैमासको तुनलामा भने सामान्य वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा २४ करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी सर्वाधिक नाफा कमाउने दोस्रोमा राष्ट्रिय बीमा कम्पनीले १९ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ । यस कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४१ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी प्रतिशतका आधारमा सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्स कम्पनीको नाफा ११८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा  २ करोड ७४ लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर  ६ करोड रुपैयाँ पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न सहयोग पुगेको हो । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा  ५ करोड २६ लाख रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर  १० करोड ९८ लाख रुपैयाँ पुगेको हो । 

त्यसैगरी प्रतिशत आधारमा भने गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा नेको इन्स्योरेन्स कम्पनीको नाफा ४३ दशलमव १० प्रतिशत घटेको छ । कम्पनीले गत आवमा २६ करोड ४० लाख रुपैयाँ नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर  १५ करोड २ लाख रुपैयाँमा झरेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको आम्दानीमा कमि आएकाले नाफा घटेको देखिन्छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा ४३ करोड रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा घटेर २५ करोड ४७ लाख रुपैयाँमा झरेको हो । यी १८ कम्पनी मध्ये सबैभन्दा कम नाफा अजोड इन्स्योरेन्स कम्पनीले  ४ करोड ६३ लाख रुपैयाँ कमाएको हो । 

प्रतिक्रिया दिनुहोस