
काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ बुधवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले दिनको ३ः३० बजे आईपीओ बाँडफाँट गर्ने जानकारी दिएको हो । कम्पनीले माघ २६ गते फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीको आईपीओमा मागभन्दा करिब ५४ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओ खरिदका लागि अन्तिम दिनसम्म २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ता शेयर खरिदको आवेदन दिएका छन् । अन्तिम बाँडफाँटमा यो तथ्याङ्क भने परिवर्तन हुने विक्री प्रबन्धकको भनाई छ ।
कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर सर्वसाधारणमा वितरण गर्न लागेको हो । कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक कम्पनीले बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरेको हो । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर बुधवार बाँडफाँट हुने भएको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४० हजार रहेको छ ।
आईपीओ पश्चात यो पूँजी रू. ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापक तर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ११ रहेको छ ।
यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ । नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले रू. १०५ दशमलव ११ देखि रू. ३१५ दशमलव ३३ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको सञ्चित नाफा रू. २ करोड ५५ लाखभन्दा बढी छ । चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा रू. ३ करोड ५३ लाखभन्दा बढी पु¥याउने प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस