aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

फ्री स्याङयोङ्ग सर्भिस क्याम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०३ फागुन २०७८
फ्री स्याङयोङ्ग सर्भिस क्याम्प

काठमाडौं । नेपालको लागि स्याङयोङ्ग मोटर्सको आधिकारिक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको, आइएमएस मोटर्सले  “फ्री स्याङयोङ्ग सर्भिस क्याम्प” ल्याएको छ । आइ एम एस मोटर्सले आफ्ना ग्राहकहरुलाई यस कार्यक्रमको अवधिभर विभिन्न सेवा सुविधाहरु प्रदान गरिरहेको छ । 

सर्भिस सेवाको सुविधामा बम्पर उपहार १०० प्रतिशतसम्म नगद फिर्ता,  स्याङयोङ्ग गाडीहरुमा निःशुल्क स्वास्थ्य परिक्षण, किफायती भागहरुमा ५० प्रतिशत सम्मको छुट,  लुब्रिकेन्टमा १० प्रतिशतसम्मको छुट रहेका छन् । त्यस्तै, निःशुल्क सर्भिसिङ्ग तथा फ्री वास, ग्राहक महानुभावहरुका लागि आकर्षक उपहार,  आकर्षक सट्टापट्टा प्रस्तावहरु, उत्कृष्ट÷तुरुन्त मुल्यांकन रहेको कम्पनीले जनाएको छ । 

यस सेवा शिविर स्याङयोङ्गका ग्राहकहरुका लागि विशेष रुपमा नेपालभरि रहेका ४ विभिन्न आधिकारिक सेवा केन्द««हरु खुसिबु नयाँ बजार, काठमाडौं स्थित मोटो इन्जिनियरिङ्ग, रविभवन, लामपाटे काठमाडौं स्थित परिदी मोटर्स, बेलवास १२, बुटवल स्थित भैरव अटो भिलेज र मायादेवी – ८, भैरवहा स्थित एए अटोमोबाइलस्  रहेका छन् । यस “फ्री स्याङयोङ्ग सर्भिस क्याम्प” अफर २०७८ साल फाल्गुन ३ गतेदेखि १७ गते सम्ममात्र सेवा लिन पाइने कम्पनीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस