aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट, ८ जनाले ११ कित्तासम्म शेयर पाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ फागुन २०७८
इमर्जिङ्ग नेपालको आईपीओ बाँडफाँट, ८ जनाले ११ कित्तासम्म शेयर पाए

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओ बुधवार बाँडफाँट भएको छ । ५१ दशमलव १५ गुणा बढी आवेदन परेको यस कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो । उक्त बाँडफाँटका क्रममा ५१ हजार ६७० जना भाग्यमानी आवेदकहरुले मात्र शेयर पाएका छन् ।

पहिलो चरणमा गोलाप्रथाको माध्यमद्वारा न्यूनतम १० कित्ताका दरले ५१ हजार ६७० जनालाई ५ लाख १६ हजार ७०० कित्ता शेयर बाँडफाँट गरिएको थियो । यसरी बाँडफाँट गरी बाँकी रहेको ८ कित्ता शेयर भने थप आठ जनाले एक कित्ता शेयर प्राप्त गरेका छन् । यसरी हेर्दा कम्पनीको आईपीओ प्राप्त गर्ने ५१ हजार ६७० जनामध्य ८ जनाले ११ कित्तासम्म शेयर प्राप्त गरेका छन् ।

कम्पनीले माघ २६ गते फागुन १ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको ५ लाख १६ हजार ७०८ कित्ता शेयर बुधवार बाँडफाँट गरेको हो । कम्पनीले सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर वितरण गरेको हो  कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ५० करोड ४० हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापक तर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १०५ दशमलव ११ रहेको छ । यहि प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको शेयरमूल्य दोस्रो बजारमा कारोबारका लागि तय हुनेछ ।

नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थ देखि तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य तोक्ने व्यवस्था बमोजिम कम्पनीले रू. १०५ दशमलव ११ देखि रू. ३१५ दशमलव ३३ सम्मको मूल्य रेञ्ज पाउने देखिन्छ । आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीको सञ्चित नाफा रू. २ करोड ५५ लाखभन्दा बढी छ । चालू आवको अन्त्यसम्म कम्पनीले यो नाफा रू. ३ करोड ५३ लाखभन्दा बढी पु¥याउने प्रक्षेपण गरेको छ 
 

प्रतिक्रिया दिनुहोस