aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

४० प्रतिशत हकप्रद शेयर विक्री गर्दै आइएमई जनरल इन्स्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
४० प्रतिशत हकप्रद शेयर विक्री गर्दै आइएमई जनरल इन्स्योरेन्स

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि ४० प्रतिशत हकप्रद शेयर विक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० बराबर ४ को रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । हकप्रद शेयर निष्काशनपछि यो पूँजी रू. १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० पुग्नेछ ।

यो हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिन माघ २७ गतेसम्म काउम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

हकप्रद शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आइएमई जनरल इन्स्योरेन्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 कम्पनीको हकप्रद शेयर चैत १३ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्राएनपी आईआर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस