aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

बेलायतबाट फर्केका विनयले खोले ‘कोशेली थकाली’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ फागुन २०७८
बेलायतबाट फर्केका विनयले खोले ‘कोशेली थकाली’

काठमाण्डौ । निजगढ घर भइ काठमाण्डौ बसोबास गर्दै आएका विनय गौतम । उमेरले ३५ बर्षिय विनय आजभन्दा १३ बर्ष अघि पढ्न र केही अवसरको खाजीमा बेलायत छिरेका हुन् । उनले खासगरी वेलायतमा पढ्ने र होटल रेष्टुरेन्ट क्षेत्रमा काम गर्ने गरे । उनी भन्छन् ‘मैले बेलायतमा भाँडा माझ्नेदेखि सुप्पर सेफसम्म भएर काम गरेँ । कामलाई सानो ठुलो भनिन् ।’ 

आजै काठमाण्डौको शंखमुल स्थीत आलोक नगरमा ‘कोशेली थकाली’ नामको रेष्टुरेन्ट उद्घाटन गरेका विनयले भने ‘बेलायतको अनुभवले अब उद्यमी भएँ’ । उनले कोशेली थकाली मध्यमस्तरको लगानीमा खोलेको बताए । जसमा ९ जनालाई रोजगारी दिएको उनले बताए ।

 चर्चित नेपाली थकाली ब्राण्डलाई प्रमोशन गर्ने हिसावले थकाली रेष्टुरेन्ट खोलेको उनी सुनाउँछन् । भन्छन् ‘अग्र्यानिक हिसावको थकाली खाना र सेकुवा ‘कोशेली थकाली’को मुख्य पहिचान हुनेछ ।’ त्यसका आलवा आफनो रेष्टुरेन्टमा ढिंडो, कालिजको मासु, खशिको भुटन र टाउको, मम, चाउमिन, पेय पदार्थ लगायत नेपालमा चलि आएका धेरैजसो आइटम पाइने बताए ।

 विनय भन्छन् ‘हाम्रो रेष्टुरेन्टले गुणस्तरमा कम्प्रोमाइज गर्नेछैन । अजिनोमोटोको प्रयोग हुनेछैन र ओपन किचनको व्यवस्था रहेको छ । अग्र्यानिक खाना खाजा खुवाएर ग्राहकलाई सन्तुष्ट बनाउने नै आफनो मुल लक्ष्य रहेको उनले सुनाए । उनले विधार्थीलाई १० प्रतिशत छुट रहेको पनि सुनाए । आफुलाई नेपालमा कमाउनु पर्ने केही नभएको र स्वदेशमै केही गरौं, आफुलाई व्यस्त बनाउँ, रोजगारी सिर्जनामा योगदान दिउँ भन्ने आशयले होटल व्यवसाय थालेको उनले सुनाँए । 

प्रतिक्रिया दिनुहोस