aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

हिमालयन डिष्टिलरीले वितरण गर्यो यस वर्षको शतप्रतिशत लाभांश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ फागुन २०७८
हिमालयन डिष्टिलरीले वितरण गर्यो यस वर्षको शतप्रतिशत लाभांश

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २८ गते पारित गरेको गत आर्थिक वर्ष २०७७/७८ को शतप्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट गत चुक्तापूँजी रू. ८६ करोड ७७ लाख २ हजारको आधारमा ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत कर समेत नगद लाभांश वितरण गरेको हो । 

बोनस शेयर धितोपत्र दोस्रो बजारमा फागुन १ गते सूचीकृत गराई फागुन २ गतेदेखि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको जानकारी कम्पनीले दिएको छ । त्यस्तै कर समेतको नगद लाभांश भने बोनस शेयर वापतको कर कट्टा गरी फागुन ४ गतेदेखि सम्बन्धीत शेयरधनीहरुको बैंक खातामा जम्मा गरिसकिएको जानकारी कम्पनीले दिएको छ ।

 कम्पनीले लाभांश पारित गरेको ३५ दिनभित्रै लाभांश वितरण गरेको हो । ७५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार पुगेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिन बुक क्लोज गरेकाले त्यस अघिको कारोबार दिन पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गरेका छन् । पुस १५ गते सार्वजनिक विदाका कारण बजार बन्द भएको थियो ।
 

प्रतिक्रिया दिनुहोस