aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर फागुन ८ गत (आज) देखि निष्कासन भएको छ । कम्पनीले २ बराबर १ को अनुपातमा रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । हकप्रद शेयर निष्कासपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । कम्पनीले साउन १५ गते उक्त हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीले यस हकप्रद शेयर निष्कासन प्रयोजनका लागि पुस ११ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । यस हकप्रद शेयर खरिदका फागुन २९ गतेसम्म आवेदन दिन सकिने जानकारी कम्पनीले दिएको छ ।

यस अघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो । कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८÷७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी बृद्धि गर्न लागेको हो । 


 

प्रतिक्रिया दिनुहोस