aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
राष्ट्र उत्थान लघुवित्तको आईपीओ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । फागुन चार गतेदेखि सार्वजनिक निष्कासनमा आएको राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि फागुन ८ गतेसम्म मात्र विक्री खुला गर्न लागिएको हो ।  

कम्पनीले जारी पुँजीको ३२ दशमलव ६९ प्रतिशत हुन आउने कुल रू. ८ करोड ५० लाख बराबरको प्रति साधारण शेयर रू. १०० अंकितदरका ८ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । जसमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको गरी ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । यी बाहेक बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो । कम्पनीको आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

यस कम्पनीको अधिकृत पूँजी रू. ५० करोड रहेको छ भने जारी पूँजी रू. २६ करोड छ । हाल रू. १७ करोड ५० लाख चुक्रापूँजी रहेको कम्पनीको आईपीओ पश्चात् चुक्तापूँजी रू. २६ करोड पुग्नेछ । 

कम्पनीको आईपीओलाइ ईक्रा नेपालले समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औसत जोखिम रहने संकेत गर्ने इक्रा आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको आर्थिक वर्ष २०७७/७८ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी रू. २६ दशमलव ९२ रहेको छ भने प्रतिशेयर नेट्वर्थ रू. १६७ दशमलव ४३ छ । 

प्रतिक्रिया दिनुहोस