aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन जनरल ईन्स्योरेन्सले प्रस्तावित ७ प्रतिशत लाभांश फागुन ३० गते पारित गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
हिमालयन जनरल ईन्स्योरेन्सले प्रस्तावित ७ प्रतिशत लाभांश फागुन ३० गते पारित गर्ने

काठमाडौं । हिमालयन जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ३० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट गर्ने तयारी कम्पनीको छ । 

सभाले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ७ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउँनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब १० करोड ३ लाख ३६ हजारको आधारमा ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

यी प्रस्तावहरुसँगै सभाले अन्य कुनै कम्पनीसँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन १६ गते एक दिन बुक क्लोजको मिति तय गरेको छ । यस आधारमा फागुन १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस