aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओरियण्टल इंस्योरेन्सले ६ महिनामा कमायो २१ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
ओरियण्टल इंस्योरेन्सले ६ महिनामा कमायो २१ करोडभन्दा बढी नाफा

काठमाडौं । ओरियण्टल इंश्योरेंसले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २१ करोड ७१ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष कम्पनीको यो नाफा ३० दशमलव ३५ गुणा बढी भएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७१ लाख ५४ हजार मात्र यो नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी गत वर्षभन्दा साढे २१ गुणा बढी भएकाले खुद नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष रू. १ करोड ६१ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ३४ करोड ७४ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च पनि यस वर्ष १४ दशमलव ४९ गुणा बढी रू. १३ करोड ३ लाख भएको छ । 

धितोपत्र दोस्रो बजारमा सूचीकृत नभएको यस कम्पनीको जगेडा तथा कोष रकम भने रू. २४ करोड ८४ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिसम्म रू. ४ करोड ३१ लाखभन्दा बढी ऋणात्मक रहेको जगेडा कोष रकम यस वर्ष सुधारिएको हो । कम्पनीको बीमा कोष रकम भने गत वर्षभन्दा ३६ दशमलव ६५ प्रतिशत बढी रू. १ अर्ब ८ करोड ७२ लाख रहेको छ । 

कम्पनीले दिर्घकालिन लगानी रू. ७१ करोड ४१ लाखभन्दा बढी गरेको छ । कुल बीमाशुल्क आर्जन रकम गत वर्षभन्दा २६ दशमलव ९९ प्रतिशत बढेको छ भने कुल दाबी भुक्तानी रकम १९ दशमलव ०९ प्रतिशत कम भएको छ । यस वर्ष कम्पनीले रू. ६९ करोड १२ लाखभन्दा बढी कुल बीमाशूल्क आर्जन गरेको  हो भने रू. २५ करोड ६७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस