aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

प्राधिकरणले ६ महिनामै कमायो ६ अर्ब १८ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ फागुन २०७८
प्राधिकरणले ६ महिनामै कमायो ६ अर्ब १८ करोड

 काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ  । गत आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब १८ करोड रूपैयाँ नाफा कमाएको थियो । भने  यो वर्ष ६ महिनामै १२ अर्ब नाफा कमाएको प्राधिकरणले जनाएको छ ।

चालु आवको पहिलो ६ महिनामा नै नाफा बढेर १२ अर्ब १२ करोड रुपैयाँ पुगेको प्राधिकरणले जानकारी दिएको छ । यो सँगै सार्वजनिक संस्थानहरुमध्ये सबैभन्दा बढी नाफा कमाउने संस्था प्राधिकरण बनेको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड वाषिर्क घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । गत आवमा भने नाफामा उल्लेख्य गिरावट आएको थियो ।

प्रतिक्रिया दिनुहोस