aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बीमा कम्पनी विरुद्ध पाँच वर्षमा ८०५ वटा मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० फागुन २०७८
बीमा कम्पनी विरुद्ध पाँच वर्षमा ८०५ वटा मुद्दा दायर

काठमाडौं । पाँच वर्षको अवधिमा बीमा समितिमा ८०५ वटा दावी भुक्तानीका उजुरी परेका छन् । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७४ देखि आव वर्ष २०७८ फागुनसम्म बीमा पोलिसीको भुक्तानी नतिर्ने विभिन्न बीमा कम्पनी विरुद्ध समितिमा उजुरी परेको हो । 

परेका उजुरीमध्ये २९५ वटा मुद्दाको फैसला भएको समितिले जनाएको छ । पाँच सय मुद्दा फैसला हुन बाँकी रहेका छन् भने १० वटा मुद्दा तामेलीमा रहेको समितिले जनाएको छ । ग्राहकहरुले बीमा पोलिसी अनुसारको समयमा दावी भुक्तानी नगर्ने बीमा कम्पनी विरुद्ध कारवाहीको माग गर्दै उजुरी दिने गरेका छन् । बीमा समितिका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ११६ वटा उजुरी परेका थिए । ती उजुरीहरुमध्ये २६ वटा मुद्दाको फैसला भएको छ । सात वटा मुद्दा तामेलीमा रहेका छन् भने ८३ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा १८७ वटा उजुरी परेका थिए । ती उजुरीहरुमध्ये ८५ वटा मुद्दाको फैसला भएको छ । एउटा मुद्दा तामेलीमा रहेको छ भने ८३ वटा मुद्दा फैसला हुन बाँकी रहेको समितिले जनाएको छ ।

आव २०७६/७७ मा समितिमा विभिन्न कम्पनीका १८७ वटा उजुरी परेका छन् । जसमा  १३७ वटा मुद्दा परेकोमा ८५ वटा मुद्दाको फैसला भएको छ । १०१ वटा मुद्दा फैसला हुन बाँकी रहेका छन् भने एउटा मुद्दा तामेलीमा रहेको छ  । 

त्यसैगरी आव २०७६ मा बीमा समितिमा २२९ वटा मुद्दा परेका थिए । जसमा ९१ वटा मुद्दाको फैसला भएको छ । १३६ वटा मुद्दाको फैसला हुन बाँकी रहेको बीमा समितिले जनाएको छ भने दुई वटा मुद्दा तामेलीमा रहेका छन । समितिका अनुसार आव २०७८ मा २७३ वटा मुद्दा परेका थिए । ती मुद्दाहरुमध्ये ९३ वटा मुद्दाको फैसला भएको छ । १८० वटा मुद्दाको फैसला हुन बाँकी रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस