aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १९औं वार्षिक साधारण सभा बुधवार हुदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० फागुन २०७८
लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको १९औं वार्षिक साधारण सभा बुधवार हुदै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १९औं वार्षिक साधारण सभा भालि बुधवार गर्ने भएको छ । सभा एलआईसी शिक्षालय हल नक्साल काठमाडौंमा बिहान ११ः१५ बजे शुरु गर्ने जानकारी गराएको हो ।

सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । त्यसैगरी आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रकि निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ ।

साथै संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिवर्तन गर्ने र सोही अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारीत गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ २४ गते देखि फागुन ११ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको हो । यस अनुसार माघ २३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । 
 

प्रतिक्रिया दिनुहोस