aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कलाकार जयनन्द लामाको निधन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ फागुन २०७८
कलाकार जयनन्द लामाको निधन

काठमाडौं । कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान निधन भएको हो । उनको बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर निधन भएको हो ।  

सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको जन्म भएको थियो । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । उनका मुलाको चाना, कल कत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता,सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन्  ।
 

प्रतिक्रिया दिनुहोस