aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

५ वर्षको अवधिमा राष्ट्रिय बीमा संस्थानको खुद नाफा ७२६ प्रतिशते बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ फागुन २०७८
५ वर्षको अवधिमा राष्ट्रिय बीमा संस्थानको खुद नाफा ७२६ प्रतिशते बढ्यो

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ५ वर्षको अवधिमा ७२६ प्रतिशतले नाफा वृद्धि गरेको छ । जीवन बीमा व्यवसायको दायरा बढ्दै गएपछि संस्थानको नाफामा उलेख्य वृद्धि भएको हो । आर्थिक वर्ष (आव) २०७३/७४ को अन्त्यसम्ममा ६८ लाख रुपैयाँ नाफामा रहेको संस्थान गत आव २०७७/७८ को अन्त्यससम्मा ५ कारोड ६२ लाख नाफामा छ । यो नाफा ५ वर्ष अगाडिको तुलनामा ७२६ दशमलव ४७ प्रतिशतले बढी हो ।

त्यस्तै संस्थानको जीवन बीमा कोष पनि १८० प्रतिशतले वृद्धि भएको छ । संस्थानले आव २०७३/७४ को अन्त्यसम्ममा ११ अर्ब ७२ करोड रुपैयाँ जम्मा गरेको थियो भने गत अवको अन्त्यसम्ममा जीवन बीमा कोषको आकार ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी जगेडा कोषमा भएको रकम ६ पतिशतले वृद्धि भएको छ । जगेडाको रकम आव २०७३/७४ मा ३२ करोड १७ लाख रुपैयाँ रहेकोमा वृद्धि भएर गत आवको अन्त्यसम्मा ३४ करोड २१ लाख रुपैयाँ कायम भएको छ । 

संस्थानमामा पर्ने दाबी भुक्तानीमा भने कमी अएको गत ५ वर्ष अगाडिको तुलनाम गत आवको अन्त्यसम्ममा दाबी भुक्तानी ८ प्रतिशतले कमी आएको छ । आव २०७३÷७४ मा ३ अर्ब ५० करोड रुपैयाँको दावी भुक्तानी परेकोमा गत आर्थिक वर्षमा ३ अर्ब १९ करोड रुपैयाँ दाबी भुक्तानी परेको हो । 

राष्ट्रिय बीमा संस्थान २०२४ पुस १ गते स्थानपना भई २०२४ फागुन ११ गतेदेखि बीमा व्यसाय गर्दै आएको थियो । सुरुवाति अवस्थामा निर्जीवन बीमा व्यवसाय गर्दै आएको भएपनि यो संस्थानले २०२९ सालदेखि जीवन बीमा व्यवसाय पनि गर्दै आएको थियो । तर, २०७१ सालदेखि संस्थानले जीवन बीमा व्यवसाय गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस