aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

एभरेष्ट इन्स्योरेन्सले यस वर्ष ६.३२ प्रतिशत लाभांश वितरण गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ फागुन २०७८
एभरेष्ट इन्स्योरेन्सले यस वर्ष ६.३२ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल ६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको फागुन १० गते दिउसो बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १ अर्ब १८ करोड ३६ लाख ४ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित यो लाभांश नियमक निकाय बीमा समितिको स्वीकृति पश्चात् कम्पनीको आगामी वार्षिक साधारण सभाबाट प्रारित भएपछि वितरणयोग्य हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस