
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको आइपीओमा ५ लाख ५० हजार २३० कित्ताका लागि आवेदन परेको छ । सिडिएससी क्लियरिङका अनुसार बुधवार बिहान १० बजेसम्म २ हजार ९२२ जनाले रू. ५ करोड ५० लाख बरावरको आवेदन दिएका हुन । कम्पनीले माघ २७ गते देखि आयोजना प्रभावित स्थानिय बासिन्दालाई आइपीओ विक्री खुला गरेको हो ।
कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता स्थानिय बासिन्दाका लागि निष्कासन गरेको हो । जसमध्ये १० लाख ९६ हजार ७८२ कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाको जुगल वडा नं २,३,४ का स्थायिनलाई छुट्याएको छ भने बाँकी रहेको ७ लाख ३१ हजार १८८ कित्ता शेयर आयोजनाका १३२ केभी प्रसारण लाइनबाट प्रभावित जुगल गाृँउपालिकाका वडा नं ५ र ७ ,बलेफी गाउँपालिका वाड नं १,३,६ र ८ तथा सुनकोशी गाउँपालिकाका वडा नं ७ का स्थानियलाई छुट्याएको छ । उक्त आइपीओमा स्थानिय बासिन्दाले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवदेन दिन सक्नेछन् ।
आईपीओ निष्कासन बन्द मिती छिटोमा फागुन १२ र ढिलोमा २७ गते सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कास गरिहेको आइपीओलाई इक्रा नेपालले इस्यूअर रेटिङ डबल बि प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै, आवेदकले कुमारी बैंकको जलबिरे शाख,एनसीसी बैंकको ढाँडे शाखा र ग्लोबल आइएमई बैंकको चौतारा शाखा तथा लक्ष्मी बैंकको खाडीचौर शाखर चौतारा शाखाबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी महालक्ष्मी विकास बैंकको् खाडीचौर शाखा तथा लक्ष्मी र सिन्धु विकास बैंकको खाडीचौर,जलविरे तथा लामोसाँगु शाखाबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस