
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २५औं साधारणसभा आगामी चैत ४ गते हुने भएको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालन समितिको बैठकले सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने जानकारी दिएको छ । उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मुल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकन कर्ता नियुक्त गर्न, निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धी अन्य आवश्यक प्रक्रिया पुरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पनि बताइएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) फागुन २० गते एक दिन रहने छ । फागुन १९ गतेसम्म शेयर कारोबार गरी कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटलको शेयरधनी दर्ता किताबमा कायम भएका शेयरधनीहरुले साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस