
काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने फागुन १२ गते (आज) अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ फागुन १३ गते (भोली) बुक क्लोज गर्ने जानकारी दिएको छ ।
यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले चुक्ता पूँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २०० रुपैयाँको १९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमध्ये १८.५२ प्रतिशत बोनस शेयर रहेको छ भने ०.९७ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ । कम्पनीले फागुन ३० गते, सोमबार, अनलाइनको माध्यमबाट भर्चुअल रुपमा साधारण सभा गर्ने जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस