
काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन शुक्रवार फागुन १३ गते सम्म रहेको छ । कम्पनीले माघ ७ गते देखि देखि ३० लाख कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि पुस २६ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस २५ गते सम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
आवेदकले सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेण्ट बैंकको रजिष्टर्ड कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मरो शेयर सफ्टवेयरबाट पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस