
काठमाडौं । महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा शुक्रवार (आज) हुँदै छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे शुरु हुने जानकारी दिइएको हो । सभाले २० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस