aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ गतेदेखि आवेदन खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ फागुन २०७८
शिखर इन्स्योरेन्सको हकप्रदमा चैत १ गतेदेखि आवेदन खुल्ने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम इन्स्योरेन्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा चैत २१ गतेसम्म आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले माघ २१ गते बुकक्लोज गरिसकेको छ । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्नेछ ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै हकप्रद शेयर निष्कसन गरी बाँडफाँट गरेपश्चात् संस्थापक शेयरधनीको अंश ५१ प्रतिशत र कर्मचारीसहित सर्वसाधारणको अंश ४९ प्रतिशत हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस